प्रसूति गृहको लापरबाही पुष्टि : अस्पतालले पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने

प्रसूति गृहको लापरबाही पुष्टि : अस्पतालले पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने


काठमाडौं,

सर्वोच्च अदालतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र उपचारमा खटिएका चिकित्सकले लापरबाही गरेको ठहर गरेको छ । अस्पताल र चिकित्सकले पीडितलाई पाँच÷पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालतको फैसलालाई नै सदर गरेको हो । सर्वोच्चले पुनरावेदनको फैसला सदर गरेसँगै प्रसूति गृह र उपचारमा संलग्न डा. अचलादेवी वैद्यले पीडित परिवारलाई पाँच/पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ ।

२ चैत, ०६३ मा सुत्केरी गराउने क्रममा भ्याकुम प्रयोग गरी बच्चा निकालिएको थियो । त्यसले बच्चालाई असर पारेको भन्दै पीडित सूर्यकुमारी अधिकारीले २ साउन, ०६४ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् । अस्पताल र चिकित्सकको लापरबाहीले नवजात शिशुको बायाँ खुट्टा बांगिएको, टाउको पछाडि फर्केको, शरीरको बायाँ भाग नचल्ने भएको, अनुहार भित्र पसेको, निधार र नाक लगायतका अंगमा चोट लागेको जिकिर गरिएको थियो । उनले ८२ लाख ३० हजार माग गरेकी थिइन् ।
नयाँ पत्रिकाबाट

Logo