काभ्रे,
शिक्षा विकास समन्वय इकाई धुलिखेलमा कार्यरत सव इञ्जिनियर धनवीर भगत घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले सव इञ्जिनियर भगतलाई १ लाख ५० हजार घुस लिएको आरोपमा मंगलबार नियन्त्रणमा लिएको हो । शिक्षा विभाग सानोठिमीमा दरवन्दी रहेका सव इञ्जिनियर भगतले जिल्लाको मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकाको १७ वटा विद्यालयको मर्मत कार्य हेर्दै आएका थिए ।
घुस नलिई काम नगरिदिएको गुनासो आएपछि अख्तियारबाट एसपीको नेतृत्वमा टोली काभ्रे आएको थियो । सव इञ्जिनियर भगतले आफ्ना सहयोगी शिक्षाकै पुर्व कर्मचारी निरजकुमार चौधरी मार्फत घुस रकम लेनदेन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले घुस बापतको रकम आफ्नो बैंक खातामा जम्मा गराउन लगाएका थिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया