काठमाडौँ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएरातीदेखि परेको झरीका कारण यो सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना– ६ स्थित चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक नियमित सुचारु हुन केहि घण्टा लाग्ने बताइएको छ । वर्षायाम शुरु हुने क्रमसँगै यो सडक प्रत्येक वर्ष यसरी नै अबरुद्ध हुने गरेको छ । यसतर्फ सरकारले चासो नदिदा दैनिक लाखौं यात्रीहरुले कष्ट भोग्दै आएका छन् ।





























प्रतिक्रिया