अवैध रुपमा बस्दै आएका २१ विदेशी नागरिक पोखराबाट पक्राउ

अवैध रुपमा बस्दै आएका २१ विदेशी नागरिक पोखराबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

पोखरा,
पर्यटकीय शहर पोखरामा अवैध रुपमा बस्दै आएका विभिन्न देशका २१ विदेशी नागरिक पक्राउ परेका छन् ।

२०७५ को साउन महिनादेखि २०७६ को असार १६ गतेसम्मको अवधिमा पर्यटक भिसामा आएर विभिन्न पेशा, व्यवसाय गरेर पोखरा बस्दै आएका र पासपोर्ट र भिसा विना नै पोखराका विभिन्न स्थानमा बस्दै आएका गरी २१ जना विदेशी नागरिकलाई पर्यटक प्रहरी कार्यालय पोखराले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै ७ जना रुसका नागरिक छन् । रसियन पर्यटकहरु मध्ये ४ जना भिसाको म्याद सकिएर पनि अवैध रुपमा बस्दै आएको पाइएको हो । तीन जना रुसका नागरिक पासपोर्ट नै च्यातेर अवैध रुपमा बस्दै आएको सूचनाको आधारमा पक्राउ परेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सायक निरीक्षक विधान सिंह क्षेत्रीले बताए ।

पक्राउ पर्नेमा तीनजना लेबनानका नागरिक छन् । अली सेलेमन उनका दुई छोरी मेरियम रहमे र फटमेलाई भिसाको म्याद सकिएपछि पनि अवैध रुपमा बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । दुई छोरीहरुले प्याराग्लाईडिङको कोर्श समेत गर्दै गरेका थिए । यसरी पक्राउ गर्नेमा नेदरल्याण्डका दुई नागरिक पनि छन् । उनीहरु मध्ये एक जना भिसाको म्याद नै सकिएको अवस्थामा र अर्को एकजना पासपोर्ट विना नै पोखरामा बस्दै आएको अवस्थमा पक्राउ परेका हुन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo