काठमाडौं,
साझा यातयातले ४५ करोड लगानीमा विद्युतीय बस खरिद गरी संचालन गर्ने भएको छ । विद्युतीय बस किन्न प्रदेश–३ सरकारले ३० करोड, काठमाडौं महानगरले १० करोड, ललितपुर महानगरले २ करोड ५० लाख शेयर लगानी गरेका छन् । साझाले २ करोड ५० लाख रुपैयाँ शेयर लगानी गर्ने भएको छ ।
विद्युतीय बस किन्न प्रदेश सरकार, काठमाडौं महागनर, ललितपुर महागनर र साझा यातायातबीच सहमति पत्रमा सोमबार हस्ताक्षर भएको छ । सोही कार्यक्रममा प्रदेश सरकारले साझालाई ३० करोड रुपैयाँ र ललितपुर महानगरले २ करोड ५० लाख रुपैयाँको चेक साझालाई हस्तान्तरण गरेको छ ।
‘एउटा बसको करिब डेढ करोड पर्न सक्छ । ३० वटा बस किन्न सकिने अनुमान छ । यही वर्षभित्र संचालनमा ल्याउँछौं,’ साझा यातायातका कार्यकारी संचालक भूषण तुलाधरले भने । विद्युत प्राधिकरणले बस संचालनका लागि चार्जिङ स्टेशन बनाइदिने भएको छ । ‘प्राधिकरणले हामीले उपलब्ध गराएको ठाउँमा चार्जिङ स्टेशन बनाइदिने भएको छ,’ तुलाधरले भने, ‘त्यसका लागि हामीले स्थान पहिचान गर्नेछौँ ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया