आईसीसी विश्वकप क्रिकेट अन्तर्गत जारी खेलमा घरेलु टोली इंग्ल्याण्डले भारतलाई ३३८ रनको चुनौती दिएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन बनाउन सफल भयो । पहिलो विकेटका लागि जोनी वेरिस्टो र जोशन रोयले १६० रनको साझेदारी गर्दै भारतीय बलरमाथि हावी भएका थिए । इंग्ल्याण्डले ६६ रन बनाएका रोयलाई कुलदीप यादबले सव्सीच्यूड फिल्डर रवीन्द्र जडेजाको हातबाट क्याच आउट गराए । ५७ बल खेलेका रोयले ७ चौका र २ छक्का प्रहार गरेका थिए ।
१०९ बल खेलेका वेरिस्टो आज भारतीय बलरमाथि पुरै हावी देखिएका थिए । उनले १० चौका र ६ छक्का प्रहार गरे । जोए रुट र बेन स्टोकले ७० रनको साझेदारी गर्दै इंग्ल्याण्डको स्कोर २७७ रन पुर्याएका बेला ४४ रनको व्यक्तिगत स्कोरमा मोहमद शामीबाट आउट भए ।
भारतका भुवनेश्वर कुमार घाइते भएपछि प्लेयिङ सेटमा पर्दै आएका मोहम्मद शामीले निर्धारित १० ओभरमा ६९ रन खर्चिएर ५ विकेट लिएका थिए ।त्यस्तै जसप्रित बुमराहले १० ओभरमा १ ओभेर मेडन राखेर ४४ रन खर्चिएर १ विकेट लिए ।
खेलमा कुलदीप यादव, हार्दिक पाण्ड्या र युजबेन्द्र चहल सर्वाधिक महँगो सावित भए ।





























प्रतिक्रिया