नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवा उपलब्ध गराएको छ ।
विश्वव्यापी विकास संस्था भियामोसँगको साझेदारीमा ल्याएको यो सेवा एक प्रकारको कल–इन सिष्टम हो, जसमा टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ ।
ग्राहकहरुले टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ । सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको जनाईएको छ । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न रहेका छन् ।
आजबाट सुरु भएको सेवा ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको हुनेछ । निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षकहरु समेत यसमा समावेश गरिने जनाइएको छ ।































प्रतिक्रिया