मकवानपुरको थाहा नगरपालिका २ स्थित पालुङ युवा समाजले स्थापना गरेको सचिन श्रेष्ठ स्मृति छात्रवृत्ति वितरण गरिएको छ ।
समाजले साविक पालुङ ६ का पवन श्रेष्ठ, कशिस श्रेष्ठ र संगिता श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरेको हो । सोही अवसरमा ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको समाजका अध्यक्ष विजय विक्रम श्रेष्ठले जानकारी दिए । सम्मानित हुनेमा साविक पालुङ ६ का अष्टमान श्रेष्ठ, गोपाल श्रेष्ठ र माया श्रेष्ठ रहेका छन् ।
वडा अध्यक्ष गुप्त बहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजु नापित, श्याभक्त श्रेष्ठ, दिपेन्द्र प्रधान, जंगली राजकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, निरञ्जन श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

समाजले वैदेशिक रोजगारीको क्रममा कोरियामा मृत्यु भएका सचिन श्रेष्ठको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरि हरेक बर्ष विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया