यि हुन्, गृहका प्रवक्तालाई कारवाही गर्ने ट्राफिक प्रहरी

यि हुन्, गृहका प्रवक्तालाई कारवाही गर्ने ट्राफिक प्रहरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला ट्राफिक प्रहरी र नेपाल प्रहरीका दुई जवान निकै चर्चामा छन् । चर्चा पनि किन नहोस्, त उनीहरुले आफ्नो पेशाप्रति इमान्दारिता देखाउनुका साथै साहस पनि गरेका छन् । देशकै प्रशासनिक निकाय सिंहदरबार क्षेत्रमा जथाभावी पार्किङ गरिएको सरकारी गाडी त्यो पनि गृहमन्त्रालयका प्रवक्ताको ।

त्यसको ह्वील लक गर्दै एक हजार रुपैयाँ जरिवाना काट्ने ट्राफिक प्रहरी र प्रहरी जवान निकै चर्चामा आएका हुन् । सरकार उच्च निकायका अधिकारी सानो गुनासो त गर्ने हिम्मत हुँदैन् । तर ति ट्राफिक प्रहरीले त कारवाही नै गरेर देखाइदिए । कारवाही गर्दै गृहका प्रवक्ता रामकृष्ण सुवेदीलाई आफैंले बनाएको नियमको पालना गर्न समेत सुझाए ।

तिनै गृह मन्त्रालयका प्रवक्ताको गाडीमाथि कारवाही गर्ने ट्राफिक प्रहरीलाई विभिन्न संघ संस्थाले सम्मान गरिरहेका छन् । प्रवक्ता सुवेदी चढ्दै आएको बा२झ ४३८८ नम्बरको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेका थिए ।

त्यस्तै, अर्को बा२झ ३४६ नम्बरको सरकारी गाडीमा समेत ट्राफिक प्रहरीले लक गरेका थिए । उनीहरुको गाडीमाथि कारवाही गर्ने महानगरीय ट्राफिक प्रहरी प्रभाग अनामनगरबाट खटिएका ट्राफिक प्रहरी टिकाराम बुढा र जवान कमलेश कुमार हुन् ।

प्रवक्ता सुवेदी गाडी सडक किनारमा पार्किङ गरेर खाना खान गएका थिए । ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न अनुरोध गरेका थिए । तर उनले गाडी लक गर्नुका साथै एक हजारको चिट काटेका थिए ।

उक्त कारवाही गरेको तस्बिर सामाजिक सञ्जाल, अनलाइन मिडियामा उच्च प्राथमिकताका साथ प्रशारित भए । त्यसपछि ट्राफिक प्रहरी महाशाखाले समेत उनीहरुलाई बधाई दिएको थियो ।

त्यस्तै विभिन्न संघ संस्थाले खादा ओढाएर सम्मान गरेका थिए । न्याय हराउँदै गएको देशमा एउटा सामान्य ट्राफिक जवानले त्यस्तो साहस देखाउनु निकै ठूलो कुरा भएको भन्दै उनीहरुको प्रशंसा गरिएको थियो ।

गृहका प्रवक्तालाई कानून सिकाउने ट्राफिकलाई सडकमै सम्मान

जब ट्राफिकले गृह मन्त्रालयकै प्रवक्ताको गाडीमा ‘ह्वील लक’ गरे

Logo