चर्चित गायिका इन्दिरा जोशीको नयाँ गीत ‘पहिलो नजर’ सार्वजनिक भएको छ ।
गीतमा गायिका जोशीलाई गायक सागरराजले साथ दिएका छन् भने शब्द, संगीत पनि सागरकै रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको यस गीतको भिडियोमा सागरराजको निर्देशन रहेको छ । उक्त गीतलाई गायक सागरराजको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
पछिल्लो समय नेपाल आइडलमा ‘जज’को भूमिकामा बसेदेखि ईन्दिराका गीतहरु कम आउन थालेकाले उनका फ्यानहरु निरास थिए ।





























प्रतिक्रिया