भद्रकालीमा ताण्डव मच्चाउने ‘धर्तीमाता’ पक्राउ

भद्रकालीमा ताण्डव मच्चाउने ‘धर्तीमाता’ पक्राउ

केन्द्रबिन्दु
0
Shares

भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने महिला पक्राउ परेका छन्।

आफूलाई ‘धर्तीमाता’ भन्ने बिष्णु कुँवरलाई राजधानीको बालाजुबाट पक्राउ गरिएको हो।  बुटवलबाट काठमाडौं आएकी कुँवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । कुँवरले ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेका थिए।

भाइरल भएको भिडियोमा कुँवरको पिटाइको पीडाले ती युवती ‘आइया, आइया, आमा, आमा’ भनेर चिच्चाएको सुनिन्छ । ‘निस्की निस्की, यस्तो गरिस्’ भन्दै चरम यातना दिइरहेको देखिन्छ । ‘कहाँ जाने, छोपिसकेछु मैले, कहाँ जाने हो मैले, चिन् । तेरो मासु खाम्ला, तँ को हो ? मैले देखेसी एकएक चिन्छु, बुझिस्’, कुँवरले उनलाई शारीरिक यातना दिँदै यसो भनेको भिडियोमा सुनिन्छ । महिलामाथि हातपात गर्दै गरेकी मातालाई प्रहरीका दुई जवानले सुरक्षाका लागि पहरा दिइरहेको देखिन्छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ मा सार्वजनिक स्थानमा कसैलाई अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै अपराध संहिताको दफा १६८ अनुसार बोक्सीको आरोपमा अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

 

यो पनि 

झाँक्री, माता र बोक्सीको विश्वास कहिलेसम्म ?

 

Logo