धादिङ,
गएरातीदेखि परेको पानीसँगै लेदो बग्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको बैरेनी र जहरेका सडकमा लेदो बग्दा राजमार्ग अवरुद्ध भएको हो ।
धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जथाभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको हो । जसका कारण बैरेनीबजारका घरहरु पनि डुबानमा परेका छन् ।
बिहान ४ बजेदेखि नै राजमार्ग अवरुद्ध हुँदा राजधानी जाँदै गरेका र राजधानी हुँदै पूर्व, पश्चिम हिडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन् ।





























प्रतिक्रिया