एनआईसी एशिया बैंकका ग्राहकले सीपी हस्पिटलमा छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले सीपी हस्पिटलमा छुट पाउने

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंकका ग्राहकहरुले धनगढीको चटकपुरस्थित सी.पी. हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंक र हस्पिटलबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सी.पी. हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका छन् ।

बैंकको मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई रहेका छन्।मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यस बैंकमा  करिब १६ लाख ग्राहक जोडिएको प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

Logo