फिफा महिला विश्वकप : चीन बाहिरियाे, नेदरल्याण्ड्स र इटाली क्वार्टरफाइनल प्रवेश

फिफा महिला विश्वकप : चीन बाहिरियाे, नेदरल्याण्ड्स र इटाली क्वार्टरफाइनल प्रवेश

केन्द्रबिन्दु
0
Shares

फिफा महिला विश्वकप अन्तर्गत चीन बाहिरिएको छ ।

चीनले इटलीसँग २-० गोलको पराजय ब्यहोरेपछि फिफा महिला विश्वकपको प्रि क्वाटरफाइनल चरणबाट बाहिरिएको हो ।

खेलको १५ औं मिनेटमा भ्यालेन्टिना जियासिन्टीले गोल गरी इटलीलाई अग्रता दिलाएकी थिइन् ।  पहिलो हाफमा एक गोल गरेको इटलीले दोस्रो हाफको सुरुमै अर्को गोल गरेको हो । आउरोरा गाल्लीले आलिया गुआग्नीको पासमा गोल गरेकी हुन् ।

फ्रान्सको रिनमा भएको अर्को खेलमा प्रिक्वार्टरफाइनलमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्याण्ड्सले जापानलाई २–१ ले हराएको छ ।खेलको १७औं मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएकी थिइन् । ४३औं मिनेटमा युयी हासेगावाले गोल गर्दै जापानलाई खेलमा फर्काइन् ।

पहिलो हाफ एक-एककाे बराबरीमा राेकिए पनि दोस्रो हाफको अन्तिम समयमा डच टोलीले पेनाल्टी पायो ।  पेनाल्टीलाई पनि मार्टिन्सले नै गोलमा परिणत गरेपछि नेदरल्याण्ड्स अन्तिम आठमा पुग्न सफल भएको हो ।

अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले इटालीको सामना गर्नेछ ।

Logo