काठमाडौं,
सामाजिक सञ्जालमा दलित समुदायमाथि आपत्तीजनक गाली गर्नेलाई कारबाही माग गर्दै सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता भएको छ । गायक प्रकाश सपुतले अर्काको गीत नक्कल गरेको आरोप लगाउँदै दलित समुदायलाई होच्याएको भन्दै अधिकारकर्मी शान्ति गजमेरले कारबाहीको माग गर्दै प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा सिँगो दलित समुदायलाई गाली गरेको भन्दै अधिकारकर्मी गजमेरले पोष्ट लेख्ने संजिव राई कान्छा, सुभाष मंगोल र रखल मगरलाई खोजतलास गरी पक्राउ गरेर कसुर अन्र्तगत कानूनी कारबाही माग गरेकी हुन् । शान्ति फाउन्डेसन संस्थाकी अध्यक्ष गजमेरले लिखित उजुरी दिएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको इप्रका इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार फेसबुकमा दलित समुदायलाई होच्याउँदै जातीय गाली गर्नेलाई प्रहरीले पक्राउ गरी विद्युतीय अपराध तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार मुद्दा चलाउन सक्नेछ । जातीय विभेद तथा छुवाछुत कसुर अनुसार कसैले पनि जाति, वर्ग समुदायलाई अपमानजक गाली गर्न पाइँदैन ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया