कर्णाली प्रदेश : पार्टी बैठकमा जान सेनाको हेलिकप्टर

कर्णाली प्रदेश : पार्टी बैठकमा जान सेनाको हेलिकप्टर

केन्द्रबिन्दु
0
Shares

हुम्ला,

गएको शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जिल्लास्तरीय बैठकमा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन् । नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकका लागि मुख्यमन्त्री शाही र मन्त्री रावलले सुर्खेत सिमकोट र सिमकोट कालिकोटको यात्रा सेनाको हेलिकप्टरबाट गरेका हुन् ।

हुम्लाका लागि अहिले दैनिक नेपालगञ्ज र सुर्खेतदेखि नियमित दर्जनौं हवाई उडान भरिरहेका बेला कर्णाली प्रदेशमा हुने आपतकालिन उद्धारका लागि भन्दै सुर्खेतमा राखिएको हेलिकप्टरलाई मुख्यमन्त्री शाही र मन्त्री रावलले पार्टी कार्यक्रमका लागि प्रयोग गरेका हुन् ।

नेपाली सेनाको नाइन एन आरएआई कलसाइन भएको हेलिकप्टरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै नेकपाका कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री शाही, र सामाजिक विकास मन्त्री रावल सिमकोट आएका थिए । एक दिनको सिमकोट बसाइपछि मुख्यमन्त्री, मन्त्रीलगायत नेकपा नेता सोही हेलिकप्टरमा सिमकोटबाट मुख्यमन्त्री शाहीको गृह जिल्ला कालिकोट हुँदै सुर्खेत फर्किएका थिए।
नागरिकबाट

Skip This
Skip This
Logo