प्रिमियर इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

प्रिमियर इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सो सम्झौता पश्चात ग्राहकले नेपालभर कुनै पनि ठाउँबाट खल्तीमार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने जनाएको छ ।

Skip This
Skip This
Logo