प्रकाश सपुतको ‘गलबन्दी’ प्रकरण संसदमा प्रवेश गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मीन बहादुर विश्वकर्माले साेमबार प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै प्रकाश सपुतको ‘गलबन्दी’ शम्भु राईको गीतसँग नमिलेकाे बताएका हुन् ।
गलबन्दी गीतले नेपालीहरूकाे मन मात्रै नभई विदेशी मनहरू समेत जितेकाे बताउदै भने, ‘विगत केही दिनदेखि सबैकाे मुखमा हरपल गुनगुनाई रहेने धुन बनेको छ, ‘गलबन्दी च्यातियो तिमीले तानेर’ । नेपाली मात्रै नभई विदेशी मनहरूले पनि यही धुन गुनगुनाई रहेका छन् ।’
उनले गायक प्रकाश सपुत र गायीका श्री शान्ति परियारलाई सरकारले सम्मान गर्नुपर्ने पनि पनि बताए । लोकभाका भनेको पूर्वजहरूलाई उनीहरूको अन्यायीहरूले पछ्यादै पुस्तै पुस्तासम्म जीवित राख्नु पर्ने पनि बताउदै भने, ‘गाउँघरमा, रोधिघरमा, मेलापातमा, रतेउलीमा जाँदा स्वतः स्फूर्त गाउने भाका नै लोकभाका हाे। यो भाका न नक्कल हुन्छ न चोरी।’
सांसद विश्वकर्मले आफूले पनि लोकभाका गाएको बताउँदै ‘गलबन्दी’ गीत चोरी भयो भनेर मुद्दा हाल्नु लज्जाको विषय भनेकाे समेत बताए ।
प्रतिक्रिया