केएमसी ललितपुरकाे कक्षा १२ मा अध्ययनरत विद्यार्थीको बिदाई

केएमसी ललितपुरकाे कक्षा १२ मा अध्ययनरत विद्यार्थीको बिदाई

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । ललितपुरको बालकुमारीस्थित काठमाडौं मोडेल सेकेन्डरी विद्यालय (केएमसी) कक्षा १२मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ। शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको हो।

बिदाई कार्यक्रममा विद्यालयमा वर्षभरी भएका विभिन्न प्रतियोगीताका उत्कृष्ट विद्यार्थीलाई पुरुस्कृत पनि गरिएको थियो।

कार्यक्रमका विशेष अतिथि रहेका काठमाडौं मोडेल कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदीले कक्षा १२ अध्ययनरत रहेका विद्यार्थीलाई उज्वल भविष्यको कामना व्यक्त गर्दै मेहनत गरेर अगाडि बढ्न सुझाव दिएका छन्।

सोही विद्यालयमा कक्षा १२ अध्ययनरत छात्रा तथा क्याटलिस्ट समितिकी अध्यक्ष सपना ओलीले आफूले सो विद्यालयमा अध्ययन गर्दाको अनु्भव सुनाइन्।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक सुनिल गैरेले वर्षभरी आयोजना भएका प्रतियोगीताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै उज्वल भविष्यको कामनासमेत व्यक्त गरेका थिए।

पुरस्कारतर्फ केएमसी लिडरसिप अवार्ड छात्रतर्फ रिसभमान श्रेष्ठले हात पार्दा छात्रातर्फ सपना ओलीले हात पारिन्।

यस्तै, केएमसी एक्सलेन्स अवार्ड १० हजार रूपैयाँ नगदसहित कक्षा १२ मा अध्ययनरत प्राची एबीले प्राप्त गरिन्। उनलाई विद्यालयका अध्यक्ष डा. दुर्गाजंग केसी र प्रधानाध्यापक गैरेले पुरस्कार हस्तान्तरण गरे।

कार्यक्रममा कक्षा ११ मा अध्ययनरत छात्र/छात्राले नृत्य/नाटक प्रदर्शन गरेका थिए भने कक्षा १२ मा अध्ययनरत छात्रा अनुज्ञा ओझाले धन्यवाद ज्ञापन गरेकी थिइन्।

कार्यक्रममा केएमएसएस बागबजारका प्रधानाध्यापक डा नगेन्द्रबहादुर अर्याल, केएमसी नेटवर्कका प्रबन्ध निर्देशक रामेश्वर अर्याल, केएमसी नेटवर्कका कार्यकारी निर्देशक तथा हिमालय कलेज अफ इन्जिनियरिङका प्रधानाध्यापक किशोर गौतम, केएमसी नेटवर्कका कार्यकारी निर्देशक अजयप्रसाद ढकाल, धुब्र भट्टराई, मनोजकुमार थापा, मुक्तिराम अर्याल, इसीए प्रमुख अमित घर्ती, विज्ञान संयोजक किशोर जीसी, ब्यवस्थापन र कानून संयोजक सुरज पाण्डे, प्रशासन प्रमुख प्रमोद अधिकारी, परीक्षा संयोजक गुणाकर पोखरेल, काउन्सिलिङ् तथा खेल प्रमुख विपीन सुवेदी अतिथि रहेका थिए।

Logo