काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ जना पुगेको छ । आज ७७६ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ । आज निको हुनेको संख्या ९४७ रहेको छ ।
आजको पिसिआर परीक्षण ६ हजार ५८८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ५५ हजार ७२४ रहेको छ । आज ९ हजार ५८० जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ९४ हजार ७३ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ५८९ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ६४७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १७ हजार ३०५ पुगेको छ ।





























प्रतिक्रिया