स्थानीय तह विज्ञापन विरुद्धको मुद्दाको सुनुवाई हेर्दा हेर्दमा

स्थानीय तह विज्ञापन विरुद्धको मुद्दाको सुनुवाई हेर्दा हेर्दमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्थानीय तह विज्ञापन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई बुधबारको लागि सारिएको छ । लोक सेवा आयोगले गत जेठ १५ गते स्थानीय तहमा पदपूर्तिका लागि खुलाएको विज्ञापनविरुद्ध चार वटा रिट निवेदन दायर भएका थिए । सबै रिट निवेदन एउटै ठाउँमा राखेर सुनुवाई गर्ने भनिएपछि आज बहस नसकिएकाले बुधबारको लागि सारिएको हो ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको सयुक्त इजलासमा सुनुवाई भइरहेको छ । आइतबार दिनभर बहस भए पनि रिट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो ।

उक्त रिटमाथि सरकारी वकिलको बहस र लोकसेवा आयोगको तर्फबाट जवाफ बाँकी नै छ । बहस नसकिएपछि ‘हेर्दाहदै’ मा बुधबारका लागि तय भएको हो । यसअघि, असार ४ गते सर्वोच्चले आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो ।

बुधबार सर्वोच्चले सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेको खण्डमा लोकसेवा आयोगको विज्ञापन रोकिनेछ । अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको खण्डमा आयोगले विज्ञापनअनुसार परिक्षा सञ्चालन गर्न पाउनेछ।

यसअघि सर्वोच्चले अन्तरिम आदेश नदिइ छलफलको लागि असार ३ गते दुवै पक्षलाई बोलाएको थियो । असार ३ मा सबै रिट निवेदनहरु एउटै ठाउँमा राखेर सुनुवाई गर्न आदेश दिएको थियो ।

Logo