१२ घण्टापछि खुल्यो रसुवागढी नाका जोड्ने सडकखण्ड

१२ घण्टापछि खुल्यो रसुवागढी नाका जोड्ने सडकखण्ड

केन्द्रबिन्दु
0
Shares

पहिरोका कारण बन्द भएको रसुवागढी नाका जोड्ने सडक १२ घण्टापछि खुलेको छ ।

शनिबार बेलुका ८ बजेतिर लिङलिङमा पहिरो खसेपछि अवरुद्ध भएको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा अहिले गाडी चल्न थालेका छन् । बिहान ८ः३० बजेतिर सडक खुलाइएको हो ।

सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाण्डौ जान लागेका करिब ५० ओटा मालवाहक कन्टेनर रोकिएका थिए ।

Logo