रुपचन्द्र विष्टका रोचक प्रसङ्गहरु: तँ, भाते, बोराको लुगा, हड्डीको टुक्रा ! (भिडियोसहित)

रुपचन्द्र विष्टका रोचक प्रसङ्गहरु: तँ, भाते, बोराको लुगा, हड्डीको टुक्रा ! (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

  • रामजी बलामी 

आज रुपचन्द्रविष्टको २० औं स्मृति दिवस । रुपचन्द्र विष्ट स्मारक समिति नेपालको आयोजनामा आज  मकवानपुरको हेटौडा, पालुङ्ग र काठमाडौँमा बिभिन्न बिभिन्न कार्यक्रमहरु हुदैंछ।

नेपाली राजनीतिमा छुट्टै पहिचान बनाउन सफल रुपचन्द्र विष्टको जन्म बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीबाट वि.स १९९० पौष २६ मा भएको हो । आफुलाई रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट चिनाउँने विष्टको जन्म सम्भ्रान्त परिवारमा भएको भए पनि उनले जीवनभर जनमूखी राजनीति गरेर बिताए।

बीए र बीएलसम्म औपचारिक अध्ययन गरेका विष्टले २००७ देखि २०१० सम्म कम्युनिस्ट राजनीतिमा सक्रिय रहे । त्यसपछि २०१० देखि २०१७ सालसम्म किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहे भने २०१७ देखि २०२६ सालसम्म मजदुर हकहितको लागि राजनीति गरे । २०२२ र २०२९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहेका उनी २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।

रूपचन्द्र विष्टले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । पर्चा बेचेर चुनाब जित्ने विष्ट विश्वमै एक मात्रै नेता भएको बताउछन रुपचन्द्र विष्ट स्मृति समिति नेपालका अध्यक्ष रामनारायण बिडारी । उनले कहिल्यै पनि भोट मागेनन तर विचार बाँडेर नै उनले चुनाब जित्थे ।

पटक पटक जेल जीवन बिताएका विष्टले वि.सं. ०२९ र ३० सालदेखि ‘निष्पक्ष सक्रियताको अभ्यास ‘थाहा आन्दोलन’ सुरू गरेका थिए । जनतामा चेतना जगाउने उनको अभियानले अहिले मूर्तरुप पाउने क्रममा छ। शिक्षासेवी, दार्शनिक र जनमुखी नेता रुदाने आफ्नो थुप्रै दर्शनहरु छाडेर २०५६ साल असार ७ गते  अस्ताए ।  उनका दर्शनहरु नेपाली राजनीतिका लागि मार्गदर्शन सावित भएका छन्।

उनी एक अराजक दार्शनिक व्यक्ति थिए । उनले ‘भाते कुकुर’, तँ  जस्ता शब्दले सम्बोधन गर्ने गर्दथे । मजदुरवर्गलाई उनी निकै सम्मान गर्थे।उनको स्वभाव अन्य नेता र मानिसको भन्दा बिल्कुलै फरक थियो ।

 

आज उनको २० औं स्मृति दिवसको अवसर पारेर हामीले उनको अनौठो स्वभावहरुका बारेमा यो सामाग्री तयार पारेका छौ । विष्टका सारथी एबम रुपचन्द्र विष्ट स्मारक समिति, नेपालका अध्यक्ष तथा संघीय संसद अन्तर्गत राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले उनको रोचक र अनौठो स्वभावहरुहरुलाई रमाईलो किसिमले प्रस्तुत गरेका छन्।

 

हेर्नुहोस भिडियो 

Logo