सुरुङमा थुनिएका १७ कामदारको सकुशल उद्धार

सुरुङमा थुनिएका १७ कामदारको सकुशल उद्धार

केन्द्रबिन्दु
0
Shares

रसुवा,

जिल्लाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सुक्खा पहिरो आएर फसेका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ ।

गएराति आठ बजेतिर सुक्खा पहिरो जाँदा १७ जना कामदार सुरुङभित्र थुनिएका थिए । प्रहरीले दिएको जानकारी अनुसार सबैजनाको सकुशल उद्धार गरिएको छ ।

राति नै उद्धारको प्रयास भएपनि सम्भव नभएपछि आज बिहान मात्रै उद्धार गरिएको थियो । गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार थुनिएका हुन् । सुरुङभित्र ११ नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका थिए ।

Skip This
Skip This
Logo