काठमाडौं,
कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ – सक्दैनन् । तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् । पदमा बस्यो, नियम आफू अनुकूल बनायो अनि बढुवा भइहाल्यो । लामो सययदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ ।
त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन् । सहप्राध्यापकबाट हालै प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन् ।
यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए । शिक्षा अर्थशास्त्रका सहप्राध्यापक उप्रेती चार वर्षअघि रजिस्ट्रारमा नियुक्त भएका थिए, तकालीन एमाले कोटाबाट । उनी एक महिना अघि प्राध्यापकमा बढुवा भएका छन् ।
उप्रेतीले बढुवा हुनु अघि आफू अनुकूल नियम परिवर्तन गरे र त्यही नियमका आधारमा माथिल्लो पदमा उक्ले । उनले त्रिवि कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली संशोधन गरेर आफू अनुकूलको व्यवस्था कायम गरेका हुन् । उनी रजिस्ट्रार हुनु अघि त्रिविमा सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा हुन दुई सय पूर्णांकको परीक्षा दिनु पर्दथ्यो । तर उप्रेतीले त्रिवि सभामा यो व्यवस्था परिमार्जन गरेर एक सय पूर्णांकमा झार्नुपर्ने प्रस्ताव लगे ।
गत वर्ष सभामार्फत उनकै प्रस्ताव पारित भयो । प्राध्यापकमा बढुवा हुन थुप्रै योग्यता हुनुपर्ने कार्यविधिमा छ । ती योग्यता मध्ये एक हो विद्यावारिधि (पीएचडी) । उप्रेतीले यही बुँदालाई आफू अनुकूल प्रयोग गरे । पीएचडी उपाधिधारी सहप्राध्यापकलाई अन्तर्वार्तामा दिइँदै आएको १२ नम्बरको सट्टा परिवर्तित कार्यविधिले ८ नम्बरमा झार्यो । यसो गर्दा अन्य पीएचडीवाला सहप्राध्यापक र पीएचडी नगरेका उप्रेतीले पाउने अंक बराबर भयो ।
अन्नपूर्णबाट































प्रतिक्रिया