काठमाडौं,
राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद महन्थ ठाकुरले कानुन मार्फत सरकारले मधेसी जनताको अधिकार कटौती गर्न लागेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले कानुनी रुपमा नै अधिकार कटौतीको प्रयासमा सरकार लागेको बताए ।
‘यो संविधानले राज्य र विभिन्न समुदायबीच विभाजन र शंका श्रृजना गरेको छ,’ नेता ठाकुरले भने, ‘यसले पहाड र मधेसको बीचमा एउटा विभाजन रेखा कोरेको छ । जसरी यहाँ (संसदमा) लाल बत्ती बल्ना साथ अभिव्यक्ति बन्द हुन्छ । आज कानुनद्वारा लालबत्ती बल्दैछ । हरेक कानुनमा केही न केही लाल बत्ती राखिएको छ । जो जनताको अधिकार कटौती गर्ने अवस्थामा गइरहेको छ ।’
बजेट र राज्यका निकायमा प्रतिनिधित्वमा मधेस उपेक्षित बन्दै गएको ठाकुरले भने, ‘यहाँ नाकाबन्दीको कुरा सुनिन्छ तर मधेसको आर्थिक नाकाबन्दी भइरहेको कसैले सुनेको छैन ।’ उनले थपे, ‘मधेसको बजेट किन कम ? जनसंख्याको आधारमा उसको किन प्रतिनिधित्व छैन ? शासन प्रशासनमा कति छ ? यो नाकाबन्दी होइन मधेसको ? उनले मधेस नेपालको आन्तरिक उपनिवेशको रुपमा रहेको उल्लेख गर्दै मधेस खुला जेल र सबै बन्दी जस्तो भएको बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया