गालबाट खटिई गएको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ। "/>

काठमाडौँका वडा कार्यालयका पियन घुससहित पक्राउ

काठमाडौँका वडा कार्यालयका पियन घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका वडा नं.-९ वडा कार्यालय, गौशालाका कार्यालय सहयोगीलाई घुससहित पक्राउ गरेको छ ।

कार्यालयमा तेस्रो तहमा कार्यरत गोविन्द खड्काले सेवाग्राहीले व्यवसाय सञ्चालन गरे बापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी कर बाहेक १० हजार घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ। 

उनलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको हो।  उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Logo