काठमाडौं,
सम्झौता गरेर पहिलो किस्ता नबुझी बसेका भूकम्पपीडित सरकारी सहुलियत अनुदानबाट बञ्चित हुने भएका छन् ।सरकारले असार मसान्तसम्म पहिलो किस्ता नलिने भूकम्पपीडितको नामावली लाभग्राही सूचीबाट हटाउने जनाएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार ६० हजार भन्दा बढी लाभग्राही सूचीमा परेका भूकम्पपीडितले अनुदान सम्झौता गर्न बाँकी नै छ । असार मसान्तसम्म सम्झौता गरेर पहिलो किस्ता नलिए उनीहरू सुविधाबाटै बञ्चित हुने भएका छन् ।
प्राधिकरणका अनुसार ८ लाख २६ हजार ३ सय ३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् । ६० हजार १६ लाभग्राही सूचीमा परेका भूकम्पपीडितले अनुदान सम्झौता गरेर पहिलो किस्ता लिन बाँकी छ ।
प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई आगामी २१ असारभित्र अनुदान सम्झौता गरी मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ ।
राजधानीबाट





























प्रतिक्रिया