कर्णालीमा बेपत्ता जीप गोताखोरले पनि भेटेन

कर्णालीमा बेपत्ता जीप गोताखोरले पनि भेटेन

केन्द्रबिन्दु
0
Shares

सिमकोट,

खार्पुनाथ गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपलाई कुरिनटारबाट आएको गोताखोरको टोलीले पनि भेट्न सकेन । मंगलबार दुर्घटना भएको जिप र बेपत्ता यात्रु खोज्न गोताखोरको टोली घटनास्थलमा पुगेको थियो ।

विपत व्यवस्थापन शिक्षालय कुरिनटारका प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वको टोलीले बुधबर दिनभर खोजी गर्दा पनि जीप र यात्रु नभेटिएको हो ।

कुरिनटारबाट काठमाडौं हुँदै सुर्खेतबाट सेनाको हेलिकप्टरमा गोताखोर टोली घटनास्थलमा आइपुगेको हो । घटनास्थल वरपर खोजीकार्यमा संलग्न जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले गरेको अपेक्षा अनुसार गोताखोर टोलीले सफलता प्राप्त गर्न नसकेको हो ।

जीपमा चढेका यात्रुको संख्या अझैसम्म यकिन भएको छैन । गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत ११ जनाको भने पहिचान खुलेको छ । लामो समयसम्म केही प्रमाण फेला नपर्दा निरासा छाएको खार्पुनाथ ५ का वडाध्यक्ष भीमराज शाहीको भनाइ छ ।

नदीमा पानीको बहाब बढ्दै जाँदा खोजीकार्य सफल हुन नसकेको निष्कर्ष गोताखोर टोलीको छ।
अन्नपूर्णबाट

Logo