प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरका फरार प्रतिवादी प्रमोदकुमार खड्कालाई पक्राउ गरेको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका–९ (साविक मनमैजु गाविस–३) का खड्काले प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ सापटीको रुपमा लिएर ठगी गरेको प्रहरीले जनाएको छ।
खड्कालाई बैकिङ् कसुर मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १६ गतेको फैसलाले १ महिना कैद र २३ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
बुधबार पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले जगन्नाथदेवल कारागारमा पठाईएको छ।





























प्रतिक्रिया