गुठीयारहरुको प्रश्न, ‘हाम्रो गुठी तिम्रो NGO हो ? किन दर्ता गर्ने ?’

गुठीयारहरुको प्रश्न, ‘हाम्रो गुठी तिम्रो NGO हो ? किन दर्ता गर्ने ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएपनि काठमाडौंको आन्दोलन रोकिएको छैन् । राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक मंगलबार फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै बुधबार काठमाडौंमा विशाल विरोधसभा आयोजना गरिएको छ ।

विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्‍याली माइतीघर मण्डलामा कोणसभामा परिणत भएको छ । प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाएका छन् । उनीहरुले हात हातमा नेपाली झण्डा बोक्नुका साथै विभिन्न नारा लेखिएको प्ले कार्ड समेत बोकेका छन् ।

गुठियार तथा नेवा देयः दबुलगायतको आह्वानमा गुठी विधेयक खारेजी माग गर्दै प्रदर्शन गरिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै मंगलबार विधेयक फिर्ता लिएकी थिइन् । तर उनीहरुले फिर्ता नभइ उक्त विधेयक खारेज नै गर्नुपर्ने उनीहरुको माग छ ।

 

Skip This
Skip This
Logo