कर्णाली नदीमा खसेर वेपत्ता भएको जिप अझै फेला परेको छैन ।
हुम्लाको खार्पुनाथा गाउँपालिका ५ यांचुमा लु १ ज ७१६६ नम्बरको जीप मंगलबार नदीमा खसेको थियो । सिमकोटदेखि खार्पुनाथ गाउँपालिकाको केन्द्र यांचुतर्फ जाँदै गरेको गाडी कर्णाली नदीमा खसेको हो ।
दुर्घटना भएको जिपको उद्धारका लागि जिल्ला सदरमुकाम सिमकोटबाट चार हेलिकप्टर खटिएको थियो । स्थानीय गोताखोरहरुले जीप फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सहायक प्रहरी निरीक्षक मुरारी खरेलले जानकारी दिए ।
बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा बुधबार दुई वटा झोला फेला परेका छन् । उनीहरुको खोजी गर्नका लागि काठमाडौँबाट गोताखारको टोली जुम्ला प्रस्थान गरेको छ।
खार्पुनाथ गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले दिएको जानकारी अनुसार जिपमा सवार व्यक्तिहरुको नाम खुलेको छ । जिपमा सवार व्यक्तिहरुमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु शाही हमाल, उनकी भाई चन्द्र हमाल, गाडीका चालक मणी शाही, नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेका छन् । त्यस्तै खार्पुनाथ गाउँपालिका १ की कौर कामी र उनका २ वर्षको बालक समेत बेपत्ता भएका छन् ।































प्रतिक्रिया