पाँचथर,

पूर्वी पहाडी जिल्ला पाँचथरमा फेरी अर्को निर्मम हत्या घटना भएको छ। जिल्लाको हिलिहाङ गाँउपालिकामा माईक्रोफाईनान्स कम्पनीमा काम गर्ने एक युवतीको हत्या भएको हो। "/>

पाँचथरमा फेरि एक युवतीको निर्मम हत्या

पाँचथरमा फेरि एक युवतीको निर्मम हत्या

केन्द्रबिन्दु
0
Shares

पाँचथर,

पूर्वी पहाडी जिल्ला पाँचथरमा फेरी अर्को निर्मम हत्या घटना भएको छ। जिल्लाको हिलिहाङ गाँउपालिकामा माईक्रोफाईनान्स कम्पनीमा काम गर्ने एक युवतीको हत्या भएको हो।

मंगलबार हिलिहाङ –६ चित्ते भन्ने ठाँउमा एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारीलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको छ। इलामको माइजोगमाई गाँउपालिका घर भई फिल्ड कर्मचारीको रुपमा कार्यरत युवतीको हत्या भएको हो।

धारीलो हतियार प्रहार भएको तथा भिरबाट झरेको अवस्थामा शव भेटिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए। ‘धारीलो हतियार प्रहार गरेको देखिएको छ। भिरबाट खसाइएको छ। हामिले अनुसन्धान थालेका छौँ’ घटना स्थलबाट डिएसपी कुँवरले भने ‘धारीलो हतियार प्रहार भएको देखिन्छ।’

जिल्लाको मिक्लाजुङ गाँउपालिकाको आरुबोटे भन्ने ठाँउमा नौ जनाको हत्या भएको र सोहि गाँउपालिका– ४ मा किशोरीको हत्या भएको घटना नसेलाउँदै अर्को हत्याको घटना भएको हो। एकपछि अर्को हत्याको घटना भएपछि जनजिवन थप त्रसिद बन्दै गएको छ।

नागरिक

Skip This
Skip This
Logo