कर्णाली दुर्घटना: जिपमा सवार ८ जनाको नाम खुल्यो, जिप र यात्रु अझै भेटिएन

कर्णाली दुर्घटना: जिपमा सवार ८ जनाको नाम खुल्यो, जिप र यात्रु अझै भेटिएन

केन्द्रबिन्दु
0
Shares

कर्णाली नदीमा खसेर वेपत्ता भएको जिप अझै भेटिएको छैन।

हुम्लाको खार्पुनाथा गाउँपालिका ५ यांचुमा लु १ ज ७१६६ नम्बरको जीप दुर्घटनामा परेको हो। सिमकोटदेखि खार्पुनाथ गाउँपालिकाको केन्द्र यांचुतर्फ जाँदै गरेको गाडी कर्णाली नदीमा खसेको हो ।

हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले मध्यान्ह साढे बाह्र बजे दुर्घटना भएको गाडी कर्णाली नदीमा बेपत्ता भएको बताए । खार्पुनाथ गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले दिएको जानकारी अनुसार जिपमा सवार व्यक्तिहरुको नाम खुलेको छ।

जिपमा सवार व्यक्तिहरुमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु शाही हमाल, उनकी भाई चन्द्र हमाल, गाडीका चालक मणी शाही,  नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेका छन् । त्यस्तै खार्पुनाथ गाउँपालिका १ की कौर कामी र उनका २ वर्षको बालक समेत बेपत्ता भएका छन् ।

दुर्घटना भएको गाडीको उद्धारका लागि जिल्ला सदरमुकाम सिमकोट देखि चार हेलिकप्टर खटिएका छन् । गाडी दुर्घटना भएको खबर आउने बित्तिकै सिमकोटमा रहेका सिम्रीक एयर, समिट एयर, मनाङ एयर लगायतका चार हेलिकप्टरले नेपाली सेना र नेपाल प्रहरीको उद्धार टोलीलाई घटनास्थलतर्फ गएको  जिल्ला प्रहरी कार्यालय हुम्लाका सहायक प्रहरी निरीक्षक मुरारी खरेलले जानकारी दिए ।

Skip This
Skip This
Logo