समता अस्पतालभित्र महिला कर्मचारी मृत फेला

समता अस्पतालभित्र महिला कर्मचारी मृत फेला

केन्द्रबिन्दु
0
Shares

राजधानीको कुमारीगालमा रहेको समता अस्पतालमा एक जना महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

सोही अस्पतालमा कार्यारत २७ वर्षीया विमला तामाङ मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनी अस्पतालका क्लिनर कर्मचारी हुन् ।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले घटनाबारे अनुसन्धान सुरु गरेको बताउंदै अहिले नै केही भन्न नसकिने बताए ।

Skip This
Skip This
Logo