श्रीमानद्वारा कैँची प्रहार गरी श्रीमतीको हत्या

श्रीमानद्वारा कैँची प्रहार गरी श्रीमतीको हत्या


दिपायलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

सिलगढी नगरपालिका– ३ बस्ने ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती ४० वर्षीया मिना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् । सोमबार राति घरायसी कुरामा विवाद हुँदा श्रीमान कृष्ण नेपालीले उनकी श्रीमती मिनाको घाँटी र ढाडमा लुगा काट्ने कैँची प्रहार गरी विभत्स हत्या गरेका हुन् ।

हत्या गर्ने कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तले जानकारी दिए ।

Logo