वेष्ट इन्डिज‘ए’वि रु द्धको सिरिज जित्ला त नेपालले ? विश्वकपअघि लय समात्ने माैका[भिडियोसहित]

वेष्ट इन्डिज‘ए’वि रु द्धको सिरिज जित्ला त नेपालले ? विश्वकपअघि लय समात्ने माैका[भिडियोसहित]

केन्द्रबिन्दु
70
Shares

जेष्ठ २० गतेबाट अर्थात एक महिनापछि अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्न लागेको क्रिकेटको महाकुम्भ अर्थात टि–२० विश्वकपको तयारी स्वरुप नेपालले घरेलु मैदानमा आज घरेलु मेदानमा वेस्ट विन्डिज ‘ए’ विरुद्ध पहिलो खेल खेल्दैछ । पाँच खेलको उक्त टि–२० सिरिज अन्तर्गत नेपालले पहिलो खेल आज खेल्न लागेको हो ।

वेस्ट इन्डिज ‘ए’ भनिएता पनि उसले सिनियर टोलीबाट खेलेका १२ खेलाडी नेपाल पठाएको कारण नेपालले घरेलु मैदानमा अहिलेसम्मकै सबैभन्दा बलियो टिमको सामना गर्दै छ । नेपाली समय अनुसार आज दिउसो १२ बजेर १५ मिनेट जाँदा सुरु हुने उक्त सिरिजमा इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिसकेका लगभग सबै वेस्ट इन्डिजका प्रमुख खेलाडी समेटिएको राष्ट्रिय स्तरकै टोलीविरुद्ध नेपाल मैदान उत्रदै छ ।

विश्वकप अघि अभ्यास खेलका लागि नेपाल आएका वेस्ट इन्डिजका शीर्ष क्रमका ब्याटर जोनसज चार्ल्स, तिब्र गतिका बलर ओवेद म्याककोय, किमो पल, ओसान थोमस, स्पिन अलराउन्डर रोस्टन चेस, गुडाकेश मोती, हेडन वाल्स र फवियन एलेन जस्ता राष्ट्रिय टिमबाट खेल्दै आएका खेलाडी मात्रै नभएर, वेस्ट इन्डिजको भविष्य मानिने म्याक्थु फर्ड, केसी कार्टी र एलिक एजानाथ जस्ता खेलाडी समेटिएको टिम वास्तबमै नेपालका लागि चुनौती पेस गर्न सक्ने खेलाडीहरु हुन् ।

समान दुई पटक एक दिवसीय र टि–२० विश्वकप जितेको क्यारेबियन टोली नेपाल भ्रमण गर्ने हालसम्मकै सबैभन्दा बलियो टोली हो । क्यारेबियन टोली नेपाल भ्रमण आउनु अगाडि नेपाल भ्रमणमा आएका जिम्माब्बे र आयरल्यान्ड ‘ए’ भन्दा पनि अहिलेको टोली निकै बलियो रहेकाले नेपालले ठूला टिमविरुद्ध कस्तो प्रदर्शन गर्छ भन्ने कुराको प्रारम्भिक अवस्था बुझ्न आजकै खेल पर्खिनुपर्ने हुन्छ ।

वेस्टण्डिजको टोलीमा संसारका चर्चित लिग खेलिसकेका खेलाडीदेखि विश्वकपसमेत खेलेका खेलाडी समावेश भएकाले उ नेपालविरुद्ध हुने पाँच खेलको सिरिज क्लिन स्विप गर्ने योजनामा छ । यस्तै नेपाली क्रिकेटले पनि विश्वकप अघि गुमाएको लयलाई फर्काउने प्रयासमा रहेको छ । वेस्ट इण्डिजविरुद्ध नेपालको पावर हिटिङ र फास्ट बलिङको परीक्षा समेत यो सिरिजमा हुने भएकाले आजको पहिलो खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।

विश्वकप अघि कुशल भुर्तेल फर्ममा आउनका लागि समेत यो सिरिज निकै महत्वपूर्ण हुनेछ । वेस्ट इण्डिजले नेपालको सिरिजबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनौट गर्ने भएकाले उसले पनि यो सिरिजलाई अत्यन्तै महत्वका साथ हेरिरहेको छ ।

आजबाट सुरु हुने पाँच खेलको टी–२० सिरिजका लागि नेपालले रोहित कुमार पौडेलको कप्तानीमा विश्वास गर्दा अर्कोतर्फ वेष्ट इन्डिजले अनुभवी क्यारेबियन प्लेयर रोस्टन चेसलाई कप्तानीको भूमिका दिएको छ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले बिहीबार नै १६ सदस्यीय खेलाडीको घोषणा गरिसकेको छ ।

नेपालले यसअघि एसीसी प्रिमियर कप खेलेकै टोलीलाई निरन्तरता दिंदै बलिङतर्फ आकाश चन्द र ब्याटिङतर्फ आरिफ शेखलाई समेटिएको छ । बलिङतर्फ तीब्र गतिका बलर कमल सिंह ऐरीलाई भने टोलीमा मौका दिइएको छैन । लगातार तीन खेलमा शून्यमा आउट भएका ओपनर कुशल भुर्तेलको फर्म पनि हाल नेपाली टोलीका लागि चिन्ताको विषय हो ।

विश्वकप अघिको अभ्यास खेल भएकाले नेपाल र वेष्ट इन्डिज दुबैले यो खेललाई निकै महत्वका साथ हेरेको कारण घरेलु मैदानमा पाँच खेलको सिरिज हेर्न निकै रोमाञ्जक हुने अहिले नै आंकलन गर्न सकिन्छ । अभ्यास खेल मात्र भएकाले सिरिज यसले जित्यो र त्यसले जित्यो भन्दा पनि आफ्नो क्षमताको भरपुर सदुपयोग गर्ने दुबै राष्ट्रको लक्ष्य रहेको छ । सोही कारण आजाट सुरु हुने खेल हार र जितका लागि भन्दा पनि प्रतिष्ठा र अनुभवका रुपमा लिएर हेरिएको छ ।

Logo