प्रधानाध्यापकको कुटाईबाट ६ जना विद्यार्थी घाइते

प्रधानाध्यापकको कुटाईबाट ६ जना विद्यार्थी घाइते

केन्द्रबिन्दु
0
Shares

सर्लाही,

प्रधानाध्यापकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका १ हजरियामा ६ जना विद्यार्थी घाइते भएका छन् । बागमती सामुदायक विद्यालयका कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीलाइ सोही विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान बेहोस हुने कुटपिट गरेका थिए । प्रअ रायको कुटाइबाट कक्षा ३ मा पढ्ने छात्र १० वर्षीय संजिप सहनी बेहोस भएका छन् भने उनीसगै पढने अरु पाँच जनाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको छ ।

बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै प्रअ यादवले विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलास सहनी र तेतरीदेवी सहनीलाई लठ्ठिले कुटेर घाइते बनाएको वरहथवा नगरपालिका १ का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो । घाइते मध्ये बेहोस भएका संजिप सहनीको बरहथवामा रहेको भेनस हेल्थ कियर सेन्टरमा उपचार भैइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्किएका छन् ।

प्रअ यादवले अनुसाशन कायम गराउन बिहान लाइन राख्ने बेला सामान्य मात्र कुटेको तर त्यसरी बेहोस हुने गरी नकुटेको दावी गरेका छन् । कमजोर बिधार्थी भएकाले गर्मीको कारण बेहोस भएको उनको भनाइ छ । घरबाट विद्यालयका पढन गएका छोराछोरीमाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई कार्वाही गर्नुपर्ने अभिभावकले माग राखेका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo