प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकका विषयमा सरोकारवालाहरुसँग छलफल गरेका छन् । विधेयकको बिषयमा आन्दोलन चर्किन थालेपछि प्रधानमन्त्री ओलीले आज दिउँसो उपत्यका जनप्रतिनिधिहरुसँग छलफल सुरु गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उपत्यकाका संघीय सांसदका सदस्यहरु प्रदेशसभाका सदस्यहरु तथा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरु सहभागी रहेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिए । छलफलमा नेकपा नेताहरू माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र महासचिव बिष्णु पौडेल पनि सहभागी रहेको उनले बताए ।
गुठी विधेयकबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुअघि काठमाडौं उपत्यकाका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले माधवकुमार नेपालसँग छलफल गरेका थिए । उनीहरुले नेता नेपाललाई गुठी विधेयक फिर्ता लिन दबाब दिएका थिए ।
गुठी विधेयक राष्ट्रियसभामा पेश गरेपछि अहिले काठमाडौँ उपत्यकामा आन्दोलन भैरहेको छ। सरोकारवालासंग छलफल नगरेको र सास्कृतिक पक्षलाई बेवास्ता गरिएको भन्दै बिरोध भैरहेको हो। बिशेषत नेवार समुदायले यसको चर्को बिरोध गर्दै दिनहु जसो प्रदर्शन गरिरहेका छन् । उनीहरुले असर ४ गते बृहत प्रदर्शन गर्ने र असर १० गते नेपाल बन्द गर्ने घोषणा गरेका छन्।
यदपि संसदमा पनि यो विधेयकको बिरोध भैरहेको छ। सत्तापक्षकै सांसदहरु समेत यो विधेयकमा दुई धारमा देखिएका छन् ।































प्रतिक्रिया