चिकित्सक सुशीला यादवको आइतबार बिहान निधन भएको छ।
झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया चिकित्सक यादवको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । तीन वर्षअघि स्वास्थ्य जाँचका क्रममा डाक्टर यादवको आमासयमा क्यान्सर भएको पत्ता लागेको थियो । उपचारको क्रममा भारतमा शल्यक्रिया गरिएको थियो ।
झापा शनिश्चरेका स्थायी बासिन्दा यादव २०७३ साल पुस ५ गतेदेखि स्थायी डाक्टरको रुपमा सरकारी सेवामा कार्यारत थिइन् ।































प्रतिक्रिया