विराटनगर,
विराटनगर विमानस्थलबाट एक व्यक्तिलाई ३८ थान राहदानीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार सुनसरीको इटहरी उपमहानगरपालिकाका ४५ वर्षीय विनोद खवासलाई प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलबाट ३८ थान राहदानी काठमाडौं पठाउन लागेको अवस्थामा खवास पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।
विराटनगर विमानस्थलमा खटिएको प्रहरी टोलीले खवाससँग राहदानी फेला पारी नियन्त्रणमा लिएको उनको भनाइ छ । पक्राउ परेका खवासलाई थप अनुसन्धान तथा कारबाहीका लागि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा पठाइएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया