प्रधानमन्त्रीले भने, ‘गुठी विधेयक सच्याउँछौं, आन्दोलन गर्नेले चान्स पाउने छैनन्’

प्रधानमन्त्रीले भने, ‘गुठी विधेयक सच्याउँछौं, आन्दोलन गर्नेले चान्स पाउने छैनन्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयक सच्याउने बताएका छन् । आइतबार बिहान युरोप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका हुन् । उनले विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।

सरकारले जनतालाई दुखी बनाउन नखोजेको भन्दै त्यसभित्र रहेको विकृति हटाउन हटाउन खोजेको बताए । गुठीको नाममा कतिपय ठाउँमा जग्गा शोषण भएको भन्दै त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको प्रधानमन्त्रीको भनाई छ ।

सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन ।’

गत जेठ २५ गते यूरोपको भ्रमणमा गएका प्रधानमन्त्रीलाई आइतबार स्वदेश फर्किदा विमानस्थलमा स्वागत गर्न उपप्रधानमन्त्री ईश्व पोखरेल, सभामुख कृष्णबहादुर महरालगतायत पुगेका थिए ।

Logo