पहिले आएको जनताको जहाज घुमेको घुम्यै, ढिलो आएको प्रधानमन्त्रीको जहाज अवतरण

पहिले आएको जनताको जहाज घुमेको घुम्यै, ढिलो आएको प्रधानमन्त्रीको जहाज अवतरण

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली साताब्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्केका छन्।

प्रधानमन्त्री सवार कतार एयरको बिमान केही समय अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरिएको छ। तर, कतार एयर भन्दा पहिले आएको सलाम एयरको जहाज भने आकाशमा घुमिरहेको छ। यो समाचार तयार पर्दा सम्म यो जहाजले हेटौडा निजगढ आसपासको आकाशमा ४ फन्को लगाइसकेको छ।

प्रधानमन्त्री चढेको जहाज अवतरण गराउनका लागि विमानस्थल कार्यालयले यो जहाजलाई आकाशमै होल्ड गराएको हो। प्रधानमन्त्री सवार कतार एयरको जहाज १० बजेर २५ मिनेट जाँदा अवतरण गर्ने समय तालिका थियो भने सलाम एयरको जहाज ९ बजेर ४५ मिनेटमा अवतरण गर्ने समय तालिका थियो।  समयमै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आकाशमा पुगेको यो जहाजलाई होल्ड गरेर कतार एयरको जहाजलाई अवतरण गराएको हो।

भिआइपीहरुको सवारीका क्रममा सर्वसाधारणले दु:ख पाएको बिषयमा चर्को गुनासो हुने गरे समस्या समाधान हुन् सकेको छैन।

Logo