काठमाडौं,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रनवे रिह्याब’ (पुरानो कालोपत्र उप्काएर नयाँ हाल्ने कार्य) अन्तिम चरणमा पुगेको छ । आगामी असार १५ गतेभित्र धावनमार्गको कालोपत्रे फेरिने नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जानकारी दिएको छ ।
विमानस्थलमा रिह्याबको पहिलो चरणको काम सकिएको छ भने दोस्रो चरणको काम जारी छ । ४० वर्षअघि निर्माण गरिएको विमानस्थलको धावनमार्गको कालोपत्रे पहिलोपटक पूरै फालेर नयाँ हाल्न लागिएको हो । अहिले गरेको कालोपत्रले पुनः ३० देखि ४० वर्षसम्म काम दिने प्राधिकरणले जानकारी दिएको छ । चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरीङले ४ अर्ब २७ करोडमा रनवेको स्तरोन्नति गरिरहेको छ ।
नेपाली र चिनियाँ गरी दैनिक साढे ३ सय जना भन्दा बढी जनशक्ति काममा खटिएका छन् । गतवर्षको चैत १८ गतेदेखि धावनमार्ग स्तरोन्नति शुरू गरिएको थियो । राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा उडान बन्द गरेर रिह्याबको काम हुँदै आएको छ ।
अभियानबाट































प्रतिक्रिया