काठमाडौं,
सरकारले सातवटै प्रदेशका प्रहरी प्रमुखहरु परिवर्तन गरेको छ । यस्तै नेपाल प्रहरीका १९ नायव महानिरीक्षक (डीआईजी) को सरूवा गरेको छ ।
सरकारले एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको हो ।
अख्तियारमा कमल जिटी, विशेष ब्युरोमा हरिबहादुर पाल, योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीलाई सरुवा गरिएको छ । यसैगरि सरकारले सशस्त्रका १३ डीआईजीको पनि सरुवा गरेको छ ।































प्रतिक्रिया