मुग्लिन-आँबुखैरेनी सडकखण्ड चौबिसै घण्टा सञ्चालनमा

मुग्लिन-आँबुखैरेनी सडकखण्ड चौबिसै घण्टा सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

मुग्लिन,

दैनिक नौ घण्टा बन्द हुँदै आएको मुग्लिन–आँबुखैरनी सडक नियमित सञ्चालनमा आएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमा निर्माण सम्पन्न भएको पक्की पुलको दायाँबायाँ दुवैतर्फको सडकको पर्खाल सतह काटेर टेवा पर्खाल लगाउने काम तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले यही जेठ १६ देखि ३० सम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिएको थियो ।

भित्ता काट्ने काम सम्पन्न भएकाले बिहीवार साँझदेखि नियमित सवारी सञ्चालनमा आएको ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीका मोतीलाल शर्माले जानकारी दिए । विसं २०७५ को चैत मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तसम्ममा पुल निर्माणकार्य सम्पन्न गरिएको हो ।

१६० मिटर लामो सो पुलको मुख्यभाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ । मुग्लिन र आँबुखैरेनी जोड्ने निर्माणाधीन आरसीसी मोटर गुड्ने ‘आर्कब्रीज’ सञ्चालनमा आएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकको १२ करोड लागतमा यो पुल निर्माण गरिएको हो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि २०७१ सालबाट नयाँ पुलको निर्माण शुरु गरिएको थियो ।

रासस

Skip This
Skip This
Logo