सिन्धुपाल्चोक,
तातोपानी नाका जेठ १५ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आए पनि व्यापारिक कारोबार भने आगामी दशैँताका मात्र सुरु हुने भएको छ ।
तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले आउने दशैँबाट नाका पूर्ण रूपमा कारोबार हुने बताउनुभयो । नाका औपचारिक रूपमा खुलाए पनि चीनले सुक्खा बन्दरगाह हस्तान्तरण गरेको छैन । सुक्खा बन्दरगाहमा आवश्यक फर्निचर, उपकरण पनि दिएको छैन । साथै नेपाल र चीन दुवैतर्फको भौतिक पूर्वाधार निर्माण भइरहेका कारण मालवाहक गाडी आउजाउ गर्न नपाउँदा कारोबार हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार चिनियाँ अधिकारीले व्यापार पूर्ववत् अवस्थामा ल्याउन दशैँ अघिसम्मको समय लाग्ने जानकारी दिएको बताउनु भएको छ । चीनले आफ्नो भू–भागतर्फ नौ किलो मिटर सुरुङमार्ग खनिरहेको छ ।
चीनले जेठ १५ गते तातोपानी नाका औपचारिक रूपमा खुलाएको थियो । सो दिन चीनबाट चारवटा कन्टेनर ऊन बोकेर नेपाल भित्रिएका थिए । उक्त समयपछि अहिलेसम्म आयत निर्यात भएको छैन ।
गोरखापत्रबाट































प्रतिक्रिया