काँग्रेसको प्रथम चरणको जागरण अभियान सकियो

काँग्रेसको प्रथम चरणको जागरण अभियान सकियो

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरा,

नेपाली काँग्रेसले थालेको पहिलो चरणको जागरण अभियान शनिबार सम्पन्न भएको छ । कांग्रेस डडेल्धुराले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरण शनिबार डडेल्धुरा सदरमुकाममा र्याली निकाली समीक्षा गर्दै समापन भएको हो।

पहिलो चरणको एक महिने जागरण अभियानका क्रममा काँग्रेसले ७७ जिल्लासंगै डडेल्धुराका सात वटै स्थानीय तहका ५२ वटै वडामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तर सम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको कांग्रेस डडेल्धुराले जनायो ।

काँग्रेस डडेल्धुराले शनिबार सदरमुकाम बागबजारमा र्याली निकाली कोणसभा मार्फत जागरण अभियान समापन भएको घोषणा गरेको छ । पार्टी कार्यालयबाट निकालिएको र्यालीलाई सदरमुकाम भिमदत्त चोकमा परिणत भएको कोणसभामा बोल्दै सुदूरपश्चिम प्रदेश सांसद तथा जिल्ला कार्यसमिति सभापति कर्णबहादुर मल्लले अभियानमा तिन तहकै वर्तमान सरकारले गरिरहेको बेथिति तथा अनियमिततका विरुद्धमा सचेत गराउन आफूहरुले जागरण अभियान गरेको बताए ।
नागरिकबाट

Logo