मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले आज काठमाडौंमा मानव साङ्लो बिरोध प्रदर्शन गरेका छन् ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपाल पत्रकार महासंघको अगुवाइमा शनिबार पत्रकारहरुले बबरमहलदेखि माइतीघरसम्म प्रदर्शन गरेका हुन्।
कार्यक्रममा उपस्थित पत्रकार महासंघका पदाधिकारी, पूर्वपदाधिकारी र सम्पादकहरुले पनि काउन्सिल विधेयक फिर्ता लिन माग गरेका छन् । यस अघि नै नेपाल पत्रकार महासंघका अध्यक्ष, पूर्वअध्यक्ष र विभिन्न सञ्चार माध्यमका सम्पादकले मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने बताएका थिए ।
विधेयकमा १० लाखसम्म जरिवाना गराउन सक्ने प्रावधान राखिएको छ। मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले एक महिनादेखि आन्दोलन गरिराखेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक फिर्ता नलिने अडान राखेका छन् ।































प्रतिक्रिया