प्रधानमन्त्री केपी शर्मा ओली आज युरोप प्रस्थान गर्ने भएका छन् । आज शनिबार साँझ ७ बजे प्रधानमन्त्री ओली युरोप प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले ८ दिनसम्म स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यतालिका छ । प्रधानमन्त्रीको युरोप भ्रमण स्विटजरल्याण्डको जेनेभाबाट सुरु हुनेछ।
अन्तर्राष्ट्रिय श्रम संगठनको १००औं वार्षिकोत्सवलाई प्रधानमन्त्री ओलीले जेठ २७ गते जेनेभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन बेलायत पुग्ने प्रधानमन्त्रीले ३ दिन बेलायतमा बिताउने छन्। त्यहा जेठ २७ मा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
जेठ २८ मा बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले बेलायती संसदीय समितिलाई सम्बोधन गर्ने बताइएको छ । त्यस्तै जेठ २९, ३० र ३१ गते फ्रान्सको भ्रमण गरी अर्को आइतबार स्वदेश फर्कने प्रधानमन्त्रीको कार्यतालिका बनेको छ।
फ्रान्सको भ्रमणको क्रममा नेपाल–फ्रान्सबीचको दौत्य सम्बन्ध स्थापना भएको ७०औं वार्षिक उत्सबमा विभिन्न कार्यक्रम आयोजना हुने भएको छ ।































प्रतिक्रिया